पर्साको शंकरशरैयामा आगलागी, दुई दर्जन खसीबाख्रा मरे
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २ गते । पर्साको जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा स्थानीय किसानको बाख्राको खोरमा आगलागी हुँदा दुई दर्जन खसीबाख्राको मृत्यु भएको छ। वडाध्यक्ष दारासिंह राउतका अनुसार किसान लालबहादुर दासले बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै घुर बालेका थिए, जसको सल्किँदै आगलागी भएको हो।
बुधबार बिहान १ बजेतिर भएको यो घटनाले खोर पूर्ण रूपमा नष्ट गरेको छ भने सबै खसीबाख्रा जलेका छन्। वडाध्यक्ष राउतले क्षतिको विस्तृत विवरण संकलन भइरहेको र आगलागीका कारण किसानलाई ठूलो आर्थिक क्षति पुगेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments