सुनसरीमा तीन दिवसीय कुस्ती महोत्सव सुरु, नेपाल-भारतका खेलाडीको सहभागिता

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २ गते । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा मकर संक्रान्तिको अवसर पारेर तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको छ। गाउँपालिका–७ मा आयोजित यो महोत्सव कुस्ती मेला समितिका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। नेपाल र भारतका ३० अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितामा सुरु भएको कुस्ती महोत्सवले स्थानीय र अन्तर्राष्ट्रिय खेल प्रेमीहरूको आकर्षण बढाएको छ।

महोत्सवको उद्घाटन समारोहमा आयोजक समिति अध्यक्ष जितेन्द्र यादव, कोषाध्यक्ष चन्दन यादव, सचिव रामरूप यादवले खेलकुदको महत्वबारे धारणा व्यक्त गर्नुभयो। महोत्सवमा कुस्ती खेलसँगै परम्परागत नाचगान र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएका छन्। कार्यक्रममा वडा ४ का वडाध्यक्ष हारून अंसारी, वडा ७ का वडाध्यक्ष बौवालाल यादव, पूर्व नरसिंह गाउँ विकास समितिका अध्यक्ष रामप्रसाद यादव, उपाध्यक्ष सत्रुधन यादव, रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, र शिक्षा तथा खेलकुद विकास समितिका कृष्णराज विष्टसहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?