रौतहटमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ १ गते ।  रौतहटको दुर्गाभगवती गाउँपालिका-५ बागमती नदी किनारबाट भन्सार छलीका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी वडहर्वाबाट खटिएको गस्ती टोलीले बागमती नदी किनारमा भारतीय नम्बर प्लेटका दुई मोटरसाइकल (बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३) रोकी चेकजाँच गर्दा भन्सार छलीका सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-५ निवासी किशारी चौधरी कलवार र सुरेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनीहरूको साथबाट ३९ हजार मूल्य बराबरको लत्ताकपडा, एक लाख मूल्यका दुई मोटरसाइकलसहित एक लाख ३९ हजार रुपैयाँको सामान बरामद गरिएको छ। भन्सार छलीका सामान र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाइएको प्रहरी निरीक्षक उमाशङ्कर प्रसादले जानकारी दिनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?