चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द
21 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुस २४ गते । वीरगञ्ज महानगरपालिकाले अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरका शिक्षा अधिकृत हरि राउतले पुस २४ देखि २६ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन रोक्ने जानकारी सार्वजनिक सूचनामार्फत दिएका छन्।
जाडोको प्रभाव र चिसोले विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको वीरगञ्ज क्षेत्रमा विद्यालय बन्दले बालबालिकालाई असुविधा कम गर्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments