जनकपुर जेसीजको नयाँ नेतृत्वमा मुकेश कुमार साह
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस २१ गते । जनकपुर जेसीजको ४२ औँ शाखा अधिवेशनबाट मुकेश कुमार साह अध्यक्षमा निर्वाचित भएका छन्। सन् २०२५ को नेतृत्वका लागि अध्यक्ष पदमा मुकेश कुमार साह र उपेन्द्र साहबीच प्रतिस्पर्धा भएको थियो। मुकेश कुमार साहले १२७ मत प्राप्त गर्दै विजय हासिल गरे भने उपेन्द्र साहले ५० मतसहित उपविजेता बने।
कार्यकारिणी उपाध्यक्ष पदमा ओम प्रकाश साहले १२८ मत र मनोहरले १०० मत प्राप्त गरी निर्वाचित भए। उपाध्यक्षका अन्य पदहरूमा राजेश ठाकुरले १४९ मत, अमरेन्द्र कुमार साहले १३९ मत, राम सोगारथ साहले १३६ मत, र सुबोध कुमार ठाकुरले ११४ मत प्राप्त गरी विजय हासिल गरे।
नव निर्वाचित अध्यक्ष मुकेश कुमार साहले महासचिवमा दीपक यादव, कानुनी सल्लाहकारमा प्रशान्त झा, र कोषाध्यक्षमा भवेश कुमार झालाई मनोनीत गरेका छन्। आफ्नो नेतृत्वमा जनकपुर जेसीजको प्रतिष्ठा अझै उचो बनाउने र नयाँ योजनासहित कार्य अघि बढाउने प्रतिबद्धता उनले जनाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments