नेपाल तरुण दलको केन्द्रीय भेला स्थगित
3 दिन पहिले प्रकाशित
काठमाडौं, पुस १८ गते । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वनिर्धारित केन्द्रीय भेला स्थगित भएको छ। तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलले बुधबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन्।
तरुण दलले पुस २२ र २३ गते काठमाडौँमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला गर्ने तय गरेको थियो। उक्त भेलामा संगठनका भावी रणनीति र क्रियाकलापबारे छलफल हुने अपेक्षा गरिएको थियो।
तरुण दलले तयारी नपुगेका कारण भेला स्थगित गरेको जनाएको छ। आगामी दिनमा उपयुक्त समय र तयारीपछि भेला गर्ने योजना रहेको दलका मुख्यसचिव पोखरेलले सूचित गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments