सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

4 महीना पहिले प्रकाशित

जनकपुरधाम, पुस १७ गते ।  सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरीका निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको छ। मंगलबार राति करिब सवा ९ बजे बलरा नगरपालिका–९ स्थित बिओपी छतौनाको कार्यालय अगाडि बा.प्र ०१९०६ ख २००४ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका ४२ वर्षीय तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको भए पनि राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठले ठक्कर दिने बस, त्यसका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन सक्रियता देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?