इटहरी उपमहानगरपालिकाअगाडि भेटिएको बम डिस्पोज, स्थिति नियन्त्रणमा
4 दिन पहिले प्रकाशित
काठमाडौं, पुस १६ गते । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सफलतापूर्वक निष्क्रिय पारेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार बम कालो झोलामा घुम्ती पसल छेउमा फेला परेको थियो।
उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखिएको सूचना प्राप्त भएको बताइएको छ। आज बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन स्थानमा बम राखिएको र सशस्त्र संघर्ष सुरु भएको सन्देश प्राप्त भएको थियो। घटनामा संलग्नहरूको पहिचान र उद्देश्यबारे अनुसन्धान भइरहेको बताउँदै एसपी तिम्सिनाले इटहरीबाहेक अन्यत्र जोखिम नरहेको जानकारी दिएका छन्। उनले इटहरीमा रहेको बम डिस्पोज भइसकेकोले स्थानीयहरूलाई निर्धक्क रहन आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments