वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई राष्ट्रिय सम्मान

3 दिन पहिले प्रकाशित

काठमाडौँ, १६ पौष। सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर उद्यमशीलता मार्फत योगदान पुर्‍याएका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यसले उनीहरूको योगदानको कदर गर्दै अन्य नागरिकलाई पनि स्वदेशमै उद्यम गर्न प्रोत्साहन दिने उद्देश्य राखेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसका लागि आवेदन आह्वान गरेको छ। ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि, २०७६’ अनुसार पुरस्कृत गर्न लागिएको जनाउँदै मन्त्रालयले मंगलबार सार्वजनिक सूचनामा २१ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ।

 

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?