राष्ट्रिय किताब खाना शाखा अधिकृत तीन लाख घुससहित पक्राउ
4 दिन पहिले प्रकाशित
काठमाडौं, पुस १५ गते । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन्। पेन्सनपट्टा तयार गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, प्रसाईंले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित आइतबार निजको कार्यकक्षबाट पक्राउ गरिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments