धेरै पालिकाको वेबसाइटमा समस्या, ह्याकिङ आक्रमणको आशंका
21 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुस १२ गते । देशका धेरै पालिकाका वेबसाइटमा तीनदेखि चार दिनयता समस्या देखिएको छ। काठमाडौँ महानगरपालिकालगायत केही पालिकाका वेबसाइट सुचारु रहे पनि धेरैजसो पालिकाका वेबसाइटमा प्राविधिक कठिनाइ देखिएको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट ह्याकरले सूचना प्रणालीमा आक्रमण गरेको प्रारम्भिक जानकारी दिएका छन्। वेबसाइटमा समस्या भएको कुरा ढिलो गरी थाहा भएको बताउँदै, समस्या समाधानका लागि आवश्यक काम आजसम्म सम्पन्न हुने आशा व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments