धनुषामा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घर पछाडि गाडिएको अवस्थामा फेला

1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, पुस ११ गते । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरकी करिब ५० वर्षीया रेशमी देवी बिनको हत्या भएको छ। उनको शव बुधबार साँझ आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा बरामद भएको हो। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहका अनुसार रेशमीको हत्या घरायसी विवादका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, मदिराले लठ्ठिएका दशैयाले विवादका क्रममा श्रीमतीको हत्या गरी शव गाडेका थिए। मृतककी बुहारीले प्रहरीलाई दिइएको बयान अनुसार, दिनहुँजसो विवाद भइरहने दम्पतीबीच बुधवार दिउँसो १२ बजेसम्म पनि झगडा भएको थियो। साँझ सासु हराएको जानकारी पाएपछि परिवारले दशैयालाई सोधपुछ गर्दा उनले हत्या स्वीकारेका थिए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाको थप अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?