एनपीएलको पहिलो उपाधि जनकपुर बोल्ट्सलाई, १ करोड १० लाखको पुरस्कार
17 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुस ६ गते । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न फाइनल खेलपछि जनकपुरले च्याम्पियन बनेर १ करोड १० लाख रुपैयाँको पुरस्कार जित्न सफल भयो।
फाइनलमा पराजित सुदूरपश्चिम रोयल्सले उपविजेताको रूपमा ५१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो। तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख रुपैयाँ पायो भने इलिमिनेटर खेलमा पराजित चितवन राइनोजले १५ लाख रुपैयाँमा चित्त बुझाएको छ। एनपिएलको पहिलो संस्करणले नेपाली क्रिकेटमा नयाँ आयाम थपेको छ।
कमेन्ट गर्नुहोस्
view comments