स्व. मकेश्वर प्रसाद सिंहको १४औं स्मृति दिवस मनाइयो

18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस ६ गते । निष्ठा, सिद्धान्त र सामाजिक उत्थानमा जीवनभर समर्पित विकास पुरुष स्व. मकेश्वर प्रसाद सिंहको १४औं स्मृति दिवस आज एक विशेष समारोहका बीच सम्पन्न भयो। स्मृतिसभामा स्व. सिंहको आदर्श चरित्र र सामाजिक योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरियो।

यस वर्षको "मकेश्वर बाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कार" वरिष्ठ साहित्यकार अशोक दत्तलाई प्रदान गरिएको छ। नगद रू ७५००/- र सम्मानपत्रसहित प्रदान गरिएको यो पुरस्कारले दत्तको साहित्यिक योगदानलाई सम्मानित गरेको छ।

समारोहमा संघीय सांसद रामकृष्ण यादव, प्रदेश सांसद राम आशिष यादव, पूर्व मेयर बजरंग साह, समाजसेवी प्रकाश चन्द्र साह र अमर चन्द्र अनिलले स्व. सिंहको विकास कार्य र समाजप्रतिको योगदानको चर्चा गरे। वक्ताहरूले उनको प्रेरणादायी जीवनबाट शिक्षा लिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको संचालन संस्थाका सचिव दीपेन्द्र सिंहले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमार दीक्षितले दिएका थिए। संस्थाका अध्यक्ष रीतेश सिंहको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्व. मकेश्वर बाबुको समाजसेवाको महत्त्वपूर्ण योगदानको स्मरण गर्दै उपस्थित व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?