सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ कोइरालाटारमा ट्याक्टरले किचेर एक युवकको मृत्यु

5 वर्ष पहिले प्रकाशित

६ मंसिर, काठमाडौं ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका(५ कोइरालाटारमा ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका(५ नयाँबस्तीका ३५ वर्षीय श्याम बहादुर माझी रहेका छन् ।

कोइरालाटारबाट धान लिएर धुसेनीतर्फ जाँदै गरेको लु २ त ८३०४ नम्बरको ट्याक्टरले गएराति १० बजे किच्दा माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरलाई नियन्त्रणमा लिएको र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

झापामा अटोरिक्साको ठक्करबाट पैदलयात्रीको मृत्यु

यसैगरी झापाको मेचीनगर नगरपालिका(६ फाइरिङ चोकमा अटोरिक्साको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५१ वषर्ीय चन्द्र प्रसाद अधिकारी रहेका छन् ।

आइतबार साँझ साढे ६ बजे पैदल हिडिँरहेको बेला अधिकारीलाई मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने अटोसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?