सप्तरीमा नेपाल पत्रकार महासङ्घ अध्यक्षमा पुनः श्रवणकुमार देव निर्वाचित

7 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ३० गते ।  नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको अध्यक्षमा पुनः श्रवणकुमार देव निर्वाचित भएका छन्। प्रेस चौतारी, प्रेस युनियन र समाजवादी प्रेस सङ्गठनको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका देवले ४५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी वैद्यनाथ यादवलाई (३७ मत) पराजित गरे।

उपाध्यक्षमा रोमाञ्चक प्रतिस्पर्धापछि अनिल पोखरेल र रामनारायण विश्वासले समान ४२–४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी घोषित भए। महिला उपाध्यक्षमा सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल र डम्वर राई (समावेशीतर्फ), तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भए।

महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान, र आदिवासी जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भए। मधेशी सदस्यतर्फ राससकर्मी अरुणकुमार यादव, समावेशी सदस्यमा परिष कर्ण, र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव, तथा शिव अचार्य विजयी भए।

८५ मतदाता रहेकोमा ८४ जनाले मतदान गरेका थिए। नयाँ नेतृत्वसँग सप्तरीको पत्रकारिता क्षेत्रले थप उचाइ लिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?