जनकपुर बोल्ट्सले ५ विकेटले काठमाडौंलाई हराउँदै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो

10 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर २७ गते । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले ५ विकेटले काठमाडौं गुर्खाजलाई पराजित गर्दै लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने पक्का गरेको छ। जनकपुरले आफ्नो ६ खेलमा पाँच जित निकालेको छ। बिहीबार काठमाडौंलाई हराएको जनकपुरले अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो, तर त्यसअघि लगातार चार खेलमा जित निकालेको थियो। जनकपुरले विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई हराएको थियो। अब चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा पुग्दा शीर्ष चारमा रहने पक्का भएको छ।

यता, काठमाडौंको प्लेअफमा पुग्ने सम्भावना कठिन भएको छ, जसले पाँच खेलमा तीन हार भोगेको छ। अब काठमाडौंलाई प्लेअफमा पुग्नका लागि बाँकी दुवै खेल जित्नुपर्नेछ। बिहीबारको खेलमा काठमाडौंले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो, जसलाई जनकपुरले ५ विकेटको क्षतिमा १५.५ ओभरमा पूरा गर्‍यो। जनकपुरका हर्ष थाकर र मोहमद मोहसिनले नटआउट २५ र १३ रन जोडेका थिए। काठमाडौंका कप्तान करण केसीले २ विकेट लिएका थिए। जनकपुरका ललितले ३ विकेट लिएका थिए र अबसम्म ११ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?