रवि लामिछानेको हिरासत म्याद थप गर्ने प्रक्रिया जारी

11 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर २७ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीको अनुरोध भएको छ। सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधको अनुसन्धान पूरा गर्नको लागि कास्की जिल्ला प्रहरी कार्यालयले यो अनुमति मागेको हो। प्रहरीले म्याद थप गर्ने अनुमति कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा बहस गरिरहेको जनाएको छ।

लामिछानेलाई सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको छ। यस आरोपमा पूर्वडीआईजी छविलाल जोशी, गुल्मीकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखराका कृष्ण गुरुङ पनि पक्राउ परेका छन्। उनीहरूको खिलाफको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रबार सरकारी वकिललाई बुझाउने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?