बझाङमा ३.९ रेक्टरस्केलको भूकम्प, हिमालय क्षेत्रमा भूकम्पको जोखिम उच्च

12 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर २६ गते । बझाङको रायाल केन्द्रविन्दु भएर आज बिहान ११:०२ मा ३.९ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार यो भूकम्पले बझाङ आसपासको क्षेत्रमा कम्पन महसुस गरिएको थियो। यसअघि मंसिर ६ गते कास्की र मनाङको सीमाक्षेत्रमा ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल भौगोलिक रूपमा हिमालय क्षेत्रमा पर्ने भएकाले भूकम्पको उच्च जोखिममा रहेको छ। पछिल्लो समय भूकम्पको क्रम निरन्तर भइरहेको हुँदा सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?