‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ नारासहित अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
13 दिन पहिले प्रकाशित
काठमाडौं, मङ्सिर २५ गते । आज ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ भन्ने मुख्य नारासहित नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ। विभिन्न कार्यक्रमहरू मार्फत मानव अधिकारको चेतना फैलाउने र यसका संरक्षणका उपायबारे चर्चा गरिन्छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा योगदान गर्ने व्यक्ति वा संस्थालाई ‘मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ। यो पुरस्कार ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम दिइन्छ। तर यस वर्ष नियमावलीले तोकेका योग्यता र कार्यविधि पूरा नभएकाले पुरस्कार प्रदान नहुने मन्त्रालयले स्पष्ट पारेको छ।
कमेन्ट गर्नुहोस्
view comments