आठको मृत्यु, चार घाइते: रौतहटमा स्कर्पियो दुर्घटना

13 दिन पहिले प्रकाशित

जनकपुरधाम, मङ्सिर २५ गते । रौतहटको पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमाहा धनसार खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन्। दुर्घटना बिहान करिब ७:३० बजे बाराको गढीमाई मेलाबाट सिराहा फर्किने क्रममा भएको हो। दुर्घटनाग्रस्त स्कर्पियो (बा १६ च ३१६२) रुखमा ठोक्किएपछि गम्भीर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृतकहरूमा सिराहा अर्नामा गाउँपालिका-३ का ६० वर्षीया लरुवती देवी महरा, ५० वर्षीया रामकुमार महरा, ३० वर्षीया उर्मिला महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ३० वर्षीया शकुन्तला देवी महरा, ५५ वर्षीया महँगीदेवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा, र चालक ४० वर्षीय श्रीकुमार यादव छन्। घाइते चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?