धनुषामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु

20 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर १८ गते ।  धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६, जगधर पुल नजिक मङ्गलबार उखु लोड गरिएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ज १ त ४६१६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो।

दुर्घटनामा महोत्तरी भङ्गहा नगरपालिका–४, बिर्ताका २८ वर्षीय चालक सुनिल दास गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लालगढ मोडेल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?