२० निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
20 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर १८ गते । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायहरूको सिफारिसका आधारमा यी कम्पनीहरूलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो।
कालोसूचीमा परेकामध्ये शारदाप्रसाद अधिकारीको कम्पनी पनि समावेश छ, जो प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी हुन्। कार्यालयले सार्वजनिक खरिद प्रक्रियामा देखिएका त्रुटि तथा अनुशासनहीनताका कारण यी कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments