जनकपुरधाममा मिथिला चित्रकला, सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने प्रयास

24 दिन पहिले प्रकाशित

जनकपुरधाम, मङ्सिर १४ गते । घर–आँगनलाई सुशोभित गर्न प्रयोग हुँदै आएको मिथिला चित्रकला अब जनकपुरधामका भित्ताहरूमा पनि कोरिन थालिएको छ। मैथिली समुदायको सांस्कृतिक सम्पदा मानिने यस कलाले मैथिलीवासीकै पहिचानलाई उजागर गरेको छ।

मिथिलाको पहिचान झल्काउने र यो कलालाई विश्वभरि चिनाउने अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवन र जनकपुरधामका सार्वजनिक स्थानका भित्ताहरूमा मिथिला चित्रकला कोर्ने काम सुरु गरिएको हो। यस प्रयासले मिथिला कला र संस्कृति अझै व्यापक रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?