जनकपुर बोल्ट्समा हर्ष थाकरको आगमन, एनपिएलको तयारी तीव्र
25 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १३ गते । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि जनकपुर बोल्ट्सले क्यानडाका २७ वर्षीय अलराउन्डर हर्ष थाकरलाई टोलीमा समावेश गरेको छ। थाकरले ३५ टी-२० खेलमा २९ विकेट लिंदै ४५१ रन बनाएका छन्। यसअघि बुधबार जनकपुरले इंग्ल्यान्डका अलराउन्डर बेन माइकलाई टोलीमा भित्र्याएको थियो। जनकपुरको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका विकेटकिपर–ब्याट्सम्यान आसिफ शेख हुन्। शनिबारदेखि सुरु हुने एनपिएलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
जनकपुर बोल्ट्समा विविध अन्तर्राष्ट्रिय खेलाडीहरूको समावेशले टोलीलाई थप सुदृढ बनाएको छ। टोलीमा ललित राजवंशी, अनिलकुमार साह, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), लाहिरू मिलन्था (अमेरिका), र मोहमद मोहसिन (पाकिस्तान) लगायतका खेलाडीहरू छन्। एनसेल र लक्ष्मी बैंकको प्रायोजनमा रहेको यस लिगमा जनकपुरको प्रदर्शनप्रति धेरैको ध्यान आकर्षित छ। अबको लक्ष्य जनकपुरले उद्घाटन खेलमार्फत आफ्नो बलियो उपस्थिति देखाउनु हो।
कमेन्ट गर्नुहोस्
view comments