धरहरा चढ्न शुल्क लाग्ने: नेपाली र विदेशीका लागि फरक दर

29 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर ९ गते । आजदेखि धरहरा चढ्नका लागि शुल्क लाग्ने व्यवस्था लागू भएको छ। यसअघि परीक्षणका क्रममा निःशुल्क खुला गरिएको धरहरा भ्रमण अब शुल्क तिरेर मात्र सम्भव हुनेछ। नेपाली नागरिकका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र अन्य राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ तिर्नुपर्नेछ। शहरी विकास मन्त्रालयले प्रस्तुत गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यो व्यवस्था लागू भएको हो।

स्वदेशी नागरिकहरूमध्ये विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउनेछन्। धरहरा परिसरमा पार्किङ शुल्क दुई पाङ्ग्रेका लागि प्रतिघण्टा १० रुपैयाँ र चार पाङ्ग्रेका लागि २० रुपैयाँ तोकिएको छ। साथै, राष्ट्रिय महत्वका विज्ञापन, व्यावसायिक भिडियो छायांकन, र फोटोग्राफीका लागि धरहरामा क्रमशः प्रतिघण्टा पाँच हजार, पाँच हजार, र एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?