सती विहुलाधामलाई पर्यटकीय गन्तव्य बनाउन सरकारलाई साहको माग

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ७ गते ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सर्लाहीको सङ्ग्रामपुरस्थित ऐतिहासिक एवं धार्मिक स्थल सती विहुलाधामको पूर्ण उत्खनन, संरक्षण, र पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ अभियानका क्रममा सती विहुलाधाम पुगेर उनले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

अध्यक्ष साहले सती विहुलाधामको गौरवपूर्ण इतिहास र धार्मिक महत्त्व रहेको भन्दै राज्यको उदासीनताका कारण यो धरोहर ओझेलमा परेको बताए। मधेसका ऐतिहासिक, धार्मिक, र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा विकासमा राज्यले बेवास्ता गरेको आरोप लगाउँदै उनले यी क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरी पुनर्निर्माण र प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?