स्कूल बसको ठक्करले दुई वर्षीय बालिकाको मृत्यु

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ६ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ बजारमा बिहीबार बिहान एक दुःखद घटना भएको छ। स्थानीय व्यवसायी किशोरी ठाकुरकी अढाई वर्षीय छोरी मनिता ठाकुरको स्कूल बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बाल आवासीय इंग्लिस बोर्डिङ स्कूलको ना १ क ९६९६ नम्बरको बसले ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार ठाकुर आफ्ना दुई पसलबीच सडक पार गर्दै गर्दा बसले किचेको थियो।

बस चालकलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिए पनि उनको नाम सार्वजनिक गरिएको छैन। यस विषयमा चालक परिवर्तनको सम्भावित षड्यन्त्रबारे स्थानीयहरूले आशंका व्यक्त गरेका छन्। साथै, धनुषामा सञ्चालनमा रहेका धेरै निजी विद्यालयका बस चालकहरूसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुलासा भएको छ। यसले विद्यालय प्रशासन र ट्राफिक व्यवस्थापनप्रतिको जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?