सर्लाहीमा सुविधा सम्पन्न जिल्ला प्रशासन कार्यालय भवन निर्माण सम्पन्न
1 महीना पहिले प्रकाशित
सर्लाही, मङ्सिर ६ गते । सर्लाहीको सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न साढे तीन तले भवन निर्माण सम्पन्न भएको छ। पुरानो जीर्ण र साँघुरो भवन प्रतिस्थापन गर्न निर्माण गरिएको यो भवन केही समयभित्रै औपचारिक रूपमा उद्घाटन गरी प्रयोगमा ल्याइने तयारी भइरहेको कार्यालयले जनाएको छ।
भवन निर्माणका लागि समय थप गरी काम पूरा गराइएको र केही महिनादेखि यस भवनबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन भइरहेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नयाँ भवनले कार्यालयका सम्पूर्ण सेवा एकै स्थानबाट सहज रूपमा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। पर्याप्त कोठा र आधुनिक सुविधायुक्त नयाँ भवनले कर्मचारी र सेवाग्राहीलाई दीर्घकालीन लाभ पुग्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments