चाडपर्व लक्षित अनुगमनमा ५५ लाख जरिवाना असुल
1 महीना पहिले प्रकाशित
काठमाडौँ , ६ मंसिर । सरकारले चाडपर्वलाई लक्षित गरी असोज महिनामा सञ्चालन गरेको बजार अनुगमनका क्रममा ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार, ५७० फर्मको अनुगमन गर्दा नियम विपरीत क्रियाकलाप गर्ने १०० फर्मलाई कारबाही गरिएको हो।
जरिवाना तिर्ने फर्महरूले मूल्य सूची नराख्ने, रिलेबलिङ गर्ने, र कालोबजारीमा संलग्न हुनेजस्ता अनियमित गतिविधि गरेको विभागले जनाएको छ। चाडपर्वको समयमा उपभोक्ता अधिकारलाई सुनिश्चित गर्न यस्तो अनुगमन गरिएकाले बजार सुधारमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments