कास्की–मनाङ सीमामा ४.२ म्याग्निच्युडको भूकम्पको धक्का

1 महीना पहिले प्रकाशित

काठमाडौँ, ६ मंसिर । कास्की र मनाङको सीमामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहान ठीक १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त भूकम्पले आसपासका क्षेत्रमा हल्का झट्का महसुस गरिएको केन्द्रले जनाएको छ। यद्यपि, यस भूकम्पबाट कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन। भूकम्पको विवरण थप अनुसन्धान भइरहेको समेत केन्द्रले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?