दुर्गा प्रसाईं विवादास्पद अभिव्यक्तिका आरोपमा पक्राउ

1 महीना पहिले प्रकाशित

काठमाडौं, मंसिर ४ गते ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको छ। प्रसाईंले एक भिडियो सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको भन्दै आरोप लगाएका थिए। उनले सो भिडियोमा कागजातसमेत प्रस्तुत गरेका थिए। जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

प्रहरीले प्रसाईंविरुद्ध ‘किर्ते गर्न नहुने’, ‘झुटा प्रमाण बनाउने’, ‘आपराधिक उपद्रव’ र ‘बेइज्जती’ जस्ता आरोपहरू थप्ने तयारी गरिरहेको छ। मुलुकी फौजदारी संहिताका विभिन्न दफाहरूअनुसार ती अभियोगमा दोषी ठहर भएमा २ देखि ७ वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधान छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?