नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ‘मकालु’ पुनः उडानमा

1 महीना पहिले प्रकाशित

काठमाडौं, मंसिर ३ गते । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा सञ्चालनमा आउने भएको छ। तीन महिनाअघि सि–चेक मर्मतका लागि इटाली पठाइएको जहाजलाई मर्मतपश्चात् उडानका लागि तयारी अवस्थामा ल्याइएको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजले आज बेलुकादेखि नियमित उडान सुरु गर्नेछ।

प्रवक्ता पौडेलले सि–चेक मर्मत अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सम्पन्न भएको जानकारी गराए। जहाज आज बिहान ८:५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। अब चारवटै जहाजले नियमित उडान गर्दा अन्तर्राष्ट्रिय क्षेत्रका यात्रुलाई थप सेवा पुग्ने विश्वास निगमले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?