नेपाली कांग्रेसद्वारा दिवंगत ढुंगानाको सम्मानमा विशेष निर्णय

1 महीना पहिले प्रकाशित

काठमाडौं, मंसिर ३ गते ।  नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टी केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यो निर्णय गरेको हो। ढुंगानाको योगदानलाई सम्मान गर्दै पार्टीले राष्ट्रिय शोकको भावना व्यक्त गरेको छ।

बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३औँ दिनमा शोकसभा आयोजना गर्ने निर्णय पनि गरेको छ। ८३ वर्षको उमेरमा उपचारको क्रममा राजधानीको फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएका ढुंगानाको सम्झनामा कांग्रेसले यस्ता कार्यक्रम तय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?