काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज पोखरामा डाइभर्ट

1 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक २७ गते । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण पोखरामा डाइभर्ट भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार मंगलबार बिहान भिजिबिलिटी कम भएपछि जहाजलाई पोखरा मोडिएको हो।

उनले जानकारी दिएअनुसार, अहिले विमानस्थलमा कुनै उडान हुनसकेको छैन। पोखराबाट रवि लामिछानेलाई भैरहवा लैजाने तयारी भए पनि मौसमको कारणले उडान प्रभावित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?