मुख्यमन्त्रीद्वारा छठका व्रतालुलाई पूजा सामग्री वितरण
2 महीना पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २० गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले जनकपुरधाममा छठ पर्वका व्रतालुलाई पूजा सामग्री वितरण गरेका छन्। धनुषा चेम्बर अफ कमर्सको आयोजनामा सोमबार आयोजित कार्यक्रममा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन र पूजा सामग्री प्रदान गरिएको हो। मुख्यमन्त्री सिंहले एक सय जना महिलालाई सामग्री वितरण गर्दै छठ पर्वको सांस्कृतिक र आध्यात्मिक महत्त्वको बारेमा चर्चा गरे।
सो अवसरमा मुख्यमन्त्री सिंहले विपन्न व्रतालुहरूको सहयोगमा निरन्तरता दिएकोमा धनुषा चेम्बर अफ कमर्सलाई धन्यवाद व्यक्त गरे। जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले छठ पर्वको मौलिकता र विशिष्टता झल्काउने यो पर्वलाई थप आकर्षक बनाउन सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।
कमेन्ट गर्नुहोस्
view comments