सर्लाहीको पोखरीमा कार दुर्घटना, दुई जनाको मृत्यु
2 महीना पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार पोखरीमा डुबेको कारबाट दुई जनाको शव फेला परेको छ। मियाँखोरस्थित सडक किनारमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा खस्दा, कार चालक गौशाला नगरपालिका–२ का ३७ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका थिए।
प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिएअनुसार, बर्दिबासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले डुबेको कारभित्रबाट महतो र ठाकुरको शव निकालेको हो। मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको छ। दुर्घटनामा सकुशल बाँचेका ३१ वर्षीय जनक यादवले स्थानीयलाई घटनाबारे जानकारी गराएपछि बिहान ४ बजे प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments