तिथिको अन्तरालले यस वर्षको तिहार छ दिनसम्म लम्बियो

2 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक १६ गते ।  नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारका विभिन्न पर्बहरूमा यस वर्ष तिथिको घटबढका कारण केही फेरबदल आएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिहारको औँसीका दिन अर्थात् लक्ष्मीपूजा यसपटक बिहीबार सम्पन्न गरिएको हो। यद्यपि, आज औँसीको दिन भए पनि कुनै विशेष तिहारको पर्व परेन। औँसी आफैँमा पितृकर्मको दिन मानिन्छ, र त्यसैले प्रत्येक महिनामा विशेष दिनका रूपमा यसलाई पर्व मान्ने चलन छ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले तिथिको संरचनामा यस्ता परिवर्तन केही वर्षमा एकपटक देखापर्ने बताए। तिथिको घटबढले गर्दा यस वर्ष पाँच दिनमा सकिने तिहार पर्व छ दिनसम्म लम्बिएको छ। कात्तिक १३ गते मङ्गलबारदेखि सुरु भएको तिहार पर्व कात्तिक १८ गते आइतबार भाइटीकाको दिन समापन हुनेछ। यस वर्ष गाई पूजा शनिबार परेकाले केही स्थानमा रहेका चलनअनुसार, कार्तिक औँसीकै दिन गाईपूजा गर्ने समुदायलाई यो जानकारी दिइएको छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले तिहारको सन्दर्भमा गाई पूजाको शास्त्रीय महत्त्वसम्बन्धी जानकारी दिँदै यसलाई शनिबार गर्नुपर्ने बताए। यस अवसरमा समितिले गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलिपूजा, हलीतिहार, म्ह पूजा र नेपाल संवत् ११४५ को सुरुवातको दिन एकसाथ शनिबार पर्ने स्पष्ट पारेको छ। यसरी प्रष्ट गरिए पनि कतिपय स्थानमा शुक्रबार गाई पूजा हुने चर्चा भएकोले समितिले यसप्रति सचेत हुन आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?