नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

2 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक १३ गते ।  नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा मजबुत पार्न महोत्तरीको मटिहानीमा सोमबार नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको यस बैठकमा भारतको सीतामढी र नेपालको महोत्तरी, सर्लाही, तथा रौतहटका सुरक्षा अधिकारीहरू उपस्थित थिए। बैठकमा नेपाली पक्षको नेतृत्व प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गरेका थिए भने भारतीय पक्षको नेतृत्व बिहार राज्यको सीतामढी जिल्लाका डिआइजी श्रीबाबु रामले गरेका थिए। साथै, सीतामढी जिल्लाका डीएम रिची पाण्डेय र प्रहरी अधीक्षक मनोजकुमार तिवारीसहित नेपालबाट सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारीहरू पनि बैठकमा सहभागी भएका थिए।

तिहार र छठपर्वको अवसरलाई ध्यानमा राख्दै सीमा सुरक्षासम्बन्धी नियमित समीक्षा बैठकको रूपमा आयोजित यो बैठकले सुरक्षा योजनाहरूमा छलफल गर्नुका साथै दुबै देशका प्रतिनिधिहरूबीच शुभकामना आदानप्रदान गर्यो। बैठकमा सहभागी हुनुअघि भारतीय सुरक्षा निकायका प्रमुखलाई मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले विशेष स्वागत र सम्मान प्रदान गरेका थिए। त्यस अवसरमा उनीहरूलाई मटिहानीको ऐतिहासिक लक्ष्मीनारायण मठको दर्शन र लक्ष्मीसागरमा भगवान लक्ष्मीनारायणको आरतीसमेत गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?