फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत रौतहटमा १७ जना पक्राउ
2 महीना पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक ९ गते । फैसला कार्यान्वयनको अभियानअन्तर्गत रौतहट प्रहरीले लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट दण्ड जरिवाना रोकिएका फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–७ का रामदेव यादवसहित कुटपिट मुद्दाका १३ जना, अभद्र व्यवहार मुद्दामा संलग्न वडा–५ का अन्य व्यक्तिहरू, सवारी अङ्गभङ्ग मुद्दाका वडा–१ का हरिशचन्द्र यादव र अनुचित लेनदेन मुद्दामा संलग्न गौर–३ का भागराथ साह रहेका छन्। पक्राउ परेकामध्येबाट १ लाख ८० हजार जरिवाना असुल गरिएको छ भने उनीहरूलाई जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments