रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु

2 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, कार्तिक ७ गते । रौतहटको गढीमाई नगरपालिका-७ धनहारी गाउँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। माधवनारायण नगरपालिका-९ की २४ वर्षीय रिङकु देवी सहनीको मृत्यु भएको हो, जो धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल सञ्चालन गर्दै थिइन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार मेलामा जडान गरिएको विद्युतीय तारमा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। खेतमा राखिएको आफ्नो ठेला मेलामा ल्याउने क्रममा करेन्ट लाग्दा उनी दुर्घटनामा परेकी थिइन्।

रिङकु देवीलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। शवको पोष्टमार्टम गरिसकेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?