मधेशका बिन र डोम समुदायको कात्तिकमा चोया बनाउने चहलपहल
2 महीना पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक ६ गते । मधेशमा कात्तिकको सुरुवातसँगै बिन र डोम समुदायका बस्तीमा बाँसका चोयाबाट विविध सामग्री बनाउने चहलपहल बढेको छ। यी समुदायले दीपावली र छठ पर्वका लागि चङेरा, ढकी, छिटी, नाङ्लो, चाल्नो, र हातेपङ्खाजस्ता सामान बनाउने गर्छन्, जुन चाडपर्वमा बिक्री हुने आशामा उनीहरू व्यस्त हुन्छन्। चाडबाडका लागि सामग्री बनाउँदै नगद खर्चको जोहो गर्ने यो समयले बिन र डोम समुदायलाई वर्षभरिको खर्च चलाउन सहयोग पुर्याउँछ। पर्व नजिकिँदै गर्दा बाँसको चोया संकलन र मागअनुसारका सामग्री बनाउन बिन र डोमका परिवारहरू अहोरात्र खटिएका छन्।
यो पुख्र्यौली पेसामा दुवै समुदायका पुराना पुस्ताले आफूहरूलाई आश्रित राखे पनि पछिल्लो पुस्ता भने अन्य सीप र पेसामा आकर्षित हुन थालेको छ। यसैबीच, सामाजिक अभियन्ताहरूले बिन र डोम समुदायका लागि सरकारले गरेका विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा यी सीमान्तकृत समुदायको उत्थान हुन नसकेको गुनासो गरेका छन्। सरकारी बजेट र योजना त सुनिन्छ, तर यस्ता कार्यक्रमहरूको प्रत्यक्ष फाइदा यी समुदायले खासै पाउन सकेका छैनन्।
कमेन्ट गर्नुहोस्
view comments