पोखरामा सहकारी पीडितहरूको प्रदर्शन, न्यायको माग
काठमाडौं, कार्तिक ४ गते । पोखरामा आज सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्ने भएका छन्। सहकारी पीडित सङ्घर्ष समितिले सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आग्रह गरेको छ। उनीहरूले पोखराको राष्ट्रबैंक चोकमा बिहान ११ बजेबाट प्रदर्शन सुरु गर्ने कार्यक्रम राखेका छन्। विभिन्न पक्षहरूले पनि सहकारी पीडितहरूको समर्थनमा साथ दिन थालेका छन्, जसले प्रदर्शनलाई थप बल दिएको छ।
यसअघि, रास्वपा समर्थकहरूले मानवअधिकार चोकमा प्रदर्शन गरेका थिए। रास्वपाका सभापति रवि लामिछानेको बचाउमा शनिबार प्रदर्शन भएको थियो, र आज पनि सोही क्षेत्र वरपर प्रदर्शन हुने जनाइएको छ। नेता उत्तम पौडेलका अनुसार, लामिछानेलाई अदालतमा पेस गर्ने कार्यक्रम रहेको हुँदा रास्वपाका नेता कार्यकर्ताहरू राष्ट्रबैंक चोकमा उपस्थित हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments