चालकद्वारा सवारी दुर्घटना गराई फरार, प्रहरीद्वारा पक्राउ

2 महीना पहिले प्रकाशित

काठमाडौं, असोज ३० गते ।  दशैंको दिन तिनकुनेस्थित गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं–३२ का विनोद महरा भन्ने रामविनय रामको मृत्यु भएको घटनामा संलग्न ४० वर्षीय निरज विष्टलाई पक्राउ गरिएको हो। मोरङ स्थायी घर भएका विष्ट कुपण्डोलमा बस्दै आएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा विष्टलाई ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित पक्राउ गरेको छ।

विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले रामविनय रामलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। ठक्कर दिएपछि विष्टले रामलाई केएमसी अस्पताल पुर्‍याएका थिए तर आफू फरार भएका थिए। रामलाई उपचारका क्रममा चिकित्सकहरूले मृत घोषित गरेका थिए। हाल विष्टलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?