इजरायली सेनाद्वारा शान्ति सैनिकमाथि आक्रमणको निन्दा, नेपालसहित ३३ देशको विरोध

2 महीना पहिले प्रकाशित

काठमाडौं, असोज २९ गते ।  नेपालसहित ३३ देशहरूले इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस घटनाको तत्काल छानबिन र शान्ति सैनिकहरूको सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ। विज्ञप्तिमा यस्ता कार्य तत्काल रोक्नुपर्ने र उचित छानबिन गरिनुपर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपालसहित आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, चीन, फ्रान्स, इटाली, दक्षिण कोरिया, टर्की, र ग्रेट ब्रिटेनजस्ता देशहरू रहेका छन्। यो निन्दा सोमबार दक्षिणी लेबनानमा इजरायली सेनाद्वारा हिजबुल्ला लक्षित आक्रमणका क्रममा ६ जना शान्ति सैनिक घाइते भएपछि आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?