विश्व हात धुने दिवसः नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना

2 महीना पहिले प्रकाशित

काठमाडौं, असोज २९ गते ।  अक्टोबर १५ – विश्व हात धुने दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन्। यस वर्षको नारा "किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्?" भन्ने रहेको छ। चिकित्सकहरूले शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, खाना बनाउँदा वा खानुअघि, अनुहार, नाक, मुख, आँखा छोएपछि, र बाहिरबाट घर फर्केपछि साबुन र पानीले नियमित रूपमा हात धुन सल्लाह दिएका छन्। साथै, बालबालिकामा पनि यो बानीको विकास गराउनु जरुरी रहेको बताएका छन्।

साबुनपानीले हात धुने बानीः स्वास्थ्य सुरक्षाको प्रमुख आधार
अनुसन्धानहरूले साबुन र पानीले हात धुने बानीले श्वासप्रश्वासजन्य रोगहरू, निमोनिया, झाडापखाला, र जीवाणुद्वारा सर्ने अन्य रोगहरूको जोखिमलाई कम गर्न सकिने देखाएका छन्। यसलाई जनचेतना अभिवृद्धि गर्न नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?