बीपी राजमार्गमा ठुला सवारीसाधन सञ्चालन आजदेखि सुचारु

2 महीना पहिले प्रकाशित

 

काठमाडौँ , असोज २८ गते ।  सोमबार साँझदेखि बीपी राजमार्गमा ठुला सवारीसाधनहरू पनि सञ्चालनमा आउने भएका छन्। पहिरोले क्षतिग्रस्त बनेको यो राजमार्गमा नयाँ ट्र्याक खोलिएपछि केही दिनअघिदेखि साना सवारीसाधनलाई चल्न दिइएको थियो। भक्तपुर सडक डिभिजन कार्यालयले आज साँझसम्म चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन सुधार भइसक्ने र त्यसपछि सबै प्रकारका सवारीसाधनलाई सञ्चालन अनुमति दिइने जनाएको छ।

हाल सडक खुला भए पनि सुख्खा पहिरो खस्ने सम्भावना अझै कायम रहेकाले डिभिजनले रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। असोज १० देखि १२ सम्मको वर्षाले काभ्रे जिल्लाको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डको ८ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो, जसका कारण राजमार्ग अवरुद्ध भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?