गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान

2 महीना पहिले प्रकाशित

 

काठमाडौँ , असोज २८ गते ।  मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्ने भएका छन्। लामो समयसम्म व्यावसायिक उडान हुन नसकेको यो विमानस्थलमा कुवेतको जजिरा एयरवेज, दुवईको फ्लाई दुबई, र थाइ एयर एशियाले अब उडान थाल्न लागेका हुन्।

महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यी एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त गरिसकेका छन्। फ्लाई दुबईले कात्तिक २४ गतेदेखि नियमित उडान सुरु गर्ने भने जजिरा एयरले कात्तिक १२ गतेबाट पुनः उडान गर्नेछ। थाइ एयर एसियाले पनि असोज १६ बाट नेपालमा सुरु गरेको सिधा हवाई सेवालाई अब गौतमबुद्ध विमानस्थलमा विस्तार गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?