हुलाकी राजमार्गको निर्माणाधीन पुल अलपत्र, यातायातमा समस्या

2 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, असोज २८ गते ।  हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ मा निर्माणाधीन कालिया खोलाको पुल हाल अलपत्र अवस्थामा छ। निर्माण कार्य २०७१ सालदेखि बागमती निर्माण सेवाले थालेको भए पनि काम सुस्त हुँदा स्थानीयले आवतजावतमा ठूलो समस्या झेल्नुपरेको छ। पुल नबन्दा स्थानीय बासिन्दा र सयौं सवारीसाधनलाई जोखिमपूर्ण यात्रा गर्दै खोला तर्नुपर्ने बाध्यता रहेको छ। पिन्टु यादवले पुल नबन्दा सदरमुकाम राजविराजसमेत जोड्ने मार्गमा प्रतिदिन हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गरिरहेको बताए।

तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगारिया यादवले पुल निर्माणको ढिलाइका कारण वर्षायाममा बाढीका बेला अत्यधिक कठिनाइ भोग्नुपरेको बताए। सामान्य वर्षा हुँदा पनि सवारीसाधनको आवागमन बन्द हुने समस्या उत्पन्न भएको छ। सडक कालोपत्र हुन नसक्दा तिरहुत गाउँपालिका, कञ्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुरतर्फ जाने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत अवरोधमा परिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?