हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
2 वर्ष पहिले प्रकाशित
मकवानपुर, असोज २७ गते । हेटौँडा कुलेखानी फाखेल हुँदै काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभी क्षेत्रमा सडक बिग्रेकाले स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालका अनुसार, सडकको बिग्रिएको अवस्थामा यात्रुलाई त्रिभुवनराजपथ र कान्तिलोकपथबाट यात्रा गर्न सुझाव दिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments